Nov 12 2026 | २०८३, कार्तिक २७गते

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री पोखरेलले गरे कर्णालीका मुख्यमन्त्रीसँग छलफल

दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री पोखरेलले गरे कर्णालीका मुख्यमन्त्रीसँग छलफल

  • 199
    SHARES

  • दशौँ राष्ट्रिय खेलकुदको तयारीबारे मन्त्री पोखरेलले गरे कर्णालीका मुख्यमन्त्रीसँग छलफल

    काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई प्रभावकारी बनाउन शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाही र सामाजिक विकासमन्त्री जितबहादुर मल्लसँग छलफल गरेका छन्।

    आगामी मङ्सिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगितालाई व्यवस्थित, मर्यादित र सफल बनाउन संघीय तथा प्रदेश सरकारबीच आवश्यक समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको हो।

    छलफलमा प्रतियोगिताका लागि खेलस्थलको तयारी, खेलाडी तथा पदाधिकारीको आवास व्यवस्थापन, यातायात, सुरक्षा, स्वास्थ्य सेवा र आवश्यक खेल सामग्रीको उपलब्धताका विषयमा प्राथमिकताका साथ कुराकानी भएको छ।

    प्रतियोगितालाई निर्धारित समयमै सफलतापूर्वक सम्पन्न गर्न संघ, प्रदेश र स्थानीय तहबीच जिम्मेवारी बाँडफाँट गरी प्रभावकारी समन्वय गर्नुपर्नेमा जोड दिइएको छ।

    यसअघि असोज १८ गते सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा बसेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मूल आयोजक समितिको बैठकले प्रतियोगिताको तयारीलाई तीव्रता दिने निर्णय गरेको थियो।

    शिक्षा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा मुख्यमन्त्री शाही, सामाजिक विकासमन्त्री मल्लसहित संघीय तथा प्रदेश सरकारका अधिकारी र खेलकुद क्षेत्रका प्रतिनिधिहरू सहभागी थिए।

    images
    सोमवार, कार्तिक १७ २०८३०९:५३:५९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल