Nov 12 2026 | २०८३, कार्तिक २७गते

त्रिविको स्नातकोत्तर भर्ना कार्यक्रम सार्वजनिक, यस्तो छ परीक्षा र नतिजाको तालिका

त्रिविको स्नातकोत्तर भर्ना कार्यक्रम सार्वजनिक, यस्तो छ परीक्षा र नतिजाको तालिका

  • 178
    SHARES

  • त्रिविको स्नातकोत्तर भर्ना कार्यक्रम सार्वजनिक, यस्तो छ परीक्षा र नतिजाको तालिका

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले शैक्षिक वर्ष २०८३/०८४ का लागि स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ। शिक्षाध्यक्षको कार्यालयले शुक्रबार सूचना जारी गर्दै विभिन्न संकाय तथा अध्ययन संस्थानअन्तर्गतका क्याम्पसहरूमा नयाँ विद्यार्थी भर्नाका लागि समयतालिका सार्वजनिक गरेको हो।

    विश्वविद्यालयका अनुसार मानविकी तथा सामाजिकशास्त्र, व्यवस्थापन, शिक्षाशास्त्र र कानुन संकायका साथै वन विज्ञान, कृषि तथा पशु विज्ञान र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका क्याम्पसमा भर्ना प्रक्रिया सञ्चालन हुनेछ।

    प्रकाशित कार्यक्रमअनुसार मंसिर महिनाभित्र आवेदन फाराम वितरण तथा संकलन गरिनेछ। भर्ना प्रक्रिया पूरा भएपछि २०८३ माघ महिनादेखि नियमित कक्षा सञ्चालन गर्ने विश्वविद्यालयको तयारी छ।

    विद्यार्थीहरूले आफू अध्ययन गर्न इच्छुक प्रत्येक संकाय, अध्ययन संस्थान तथा विषयका लागि सम्बन्धित क्याम्पसमा छुट्टाछुट्टै आवेदन फाराम बुझाउनुपर्नेछ। आवेदनका साथ हालसालै खिचिएको फोटो, शैक्षिक ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसमेत पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

    प्रवेश परीक्षा, भर्ना प्रक्रिया तथा अन्य आवश्यक विवरण सम्बन्धित संकाय र अध्ययन संस्थानका डिन कार्यालयले निर्धारण गरेबमोजिम हुने त्रिविले जनाएको छ।

     

    images
    मंगलवार, कार्तिक २५ २०८३०६:००:२९

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल