Nov 12 2026 | २०८३, कार्तिक २७गते

त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता, शैक्षिक पूर्वाधारमा उपयोग गरिने

त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता, शैक्षिक पूर्वाधारमा उपयोग गरिने

  • 187
    SHARES

  • त्रिविको ७०५ रोपनीभन्दा बढी जग्गा फिर्ता, शैक्षिक पूर्वाधारमा उपयोग गरिने

    शिक्षा तथा खेलकुद मन्त्रालय र त्रिविको सक्रियतामा लामो समयदेखि अतिक्रमणमा परेको, सम्झौताको म्याद सकिएको तथा स्वीकृतिबिना प्रयोग भइरहेको जग्गा फिर्ता ल्याइएको हो।

    शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको पहलमा त्रिविले अतिक्रमित जग्गा खाली गराउन ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको थियो। त्यसपछि गरिएको प्रशासनिक तथा कानुनी प्रक्रियाबाट छ महिनाभित्रै उक्त जग्गा फिर्ता ल्याउन सफल भएको मन्त्रालयले जनाएको छ।

    फिर्ता भएका जग्गामा अत्याधुनिक प्रयोगशाला, अनुसन्धान केन्द्र, केन्द्रीय पुस्तकालय तथा अन्य शैक्षिक पूर्वाधार निर्माण गर्ने त्रिविको तयारी छ। उपत्यकाबाहिर रहेका विश्वविद्यालयका जग्गा फिर्ता ल्याउने प्रक्रिया पनि जारी रहेको मन्त्री पोखरेलले बताएका छन्।

    images
    बिहिवार, कार्तिक २० २०८३१०:३७:०६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल