Nov 12 2026 | २०८३, कार्तिक २७गते

सामुदायिक विद्यालयको जग्गा विवरण अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन, दुई महिनाको समयसीमा

सामुदायिक विद्यालयको जग्गा विवरण अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन, दुई महिनाको समयसीमा

  • 232
    SHARES

  • सामुदायिक विद्यालयको जग्गा विवरण अद्यावधिक गर्न शिक्षा विभागको निर्देशन, दुई महिनाको समयसीमा

    काठमाडौँ । शिक्षा विभागले देशभरका सबै सामुदायिक विद्यालयको जग्गासम्बन्धी विवरण अद्यावधिक गरी व्यवस्थापनको काम अभियानकै रूपमा अघि बढाउन निर्देशन दिएको छ।

    विभागले शुक्रबार सूचना जारी गर्दै विद्यालयको नाममा जग्गाधनी प्रमाणपत्र रहेको वा नरहेको, सरकारी जग्गा भोगचलनको प्रमाण, सार्वजनिक तथा सामुदायिक निस्सा, भाडामा लिएको वा दिएको जग्गा, ऐलानी तथा पर्ती जग्गालगायत सम्पूर्ण जग्गाको विवरण संकलन गरी अद्यावधिक गर्न भनेको हो।846645754_2753142935134016_7321581024100725431_n_Me1ecBuRTB.webp

    विद्यालयको जग्गासम्बन्धी समस्या दीर्घकालीन रूपमा समाधान गर्ने उद्देश्यले आवश्यक सहजीकरण तथा समन्वय गर्न पनि विभागले सम्बन्धित निकायलाई आग्रह गरेको छ। यसका लागि स्थानीय तह, सरोकारवाला संस्था तथा व्यक्तिसँग समन्वय गरी विद्यालयको जग्गाको स्वामित्व र व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने विभागको भनाइ छ।

    images
    आइतवार, कार्तिक २३ २०८३०५:१०:१०

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल