Nov 12 2026 | २०८३, कार्तिक २७गते

फ्रान्सको मोटो क्लबको सहयोगमा पर्वतको पैंयु गा.पा. ३को दिपज्योति प्राविमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

फ्रान्सको मोटो क्लबको सहयोगमा पर्वतको पैंयु गा.पा. ३को दिपज्योति प्राविमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

  • 892
    SHARES

  • फ्रान्सको मोटो क्लबको सहयोगमा पर्वतको पैंयु गा.पा. ३को दिपज्योति प्राविमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण

    पर्वत । पर्वतको पैयुँ गाउँपालिका–३, बेउलीबास बगालेमा अवस्थित श्री दिपज्योति प्राथमिक विद्यालयमा शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरिएको छ। फ्रान्सको एयरबस कम्पनी संग संग सम्बन्धित मोटो क्लबको सहयोग तथा समुदाय मैत्री समाज नेपालको संयोजनमा विद्यालयलाई बाल उद्यान (प्ले ग्राउन्ड) का सामग्री, कम्प्युटर, विद्यार्थी पोसाक, शैक्षिक तथा खेलकुद सामग्री उपलब्ध गराइएको हो जसको संयोजक छिमेकि पालिका का युवा समाजसेवी बौद्धिक व्यक्तित्व विवेक काफ्ले ले गरेका थिए।

    २०५३ सालमा स्थापना भएको उक्त विद्यालयमा अधिकांश दलित समुदायका बालबालिका अध्ययनरत छन्। आर्थिक तथा शैक्षिक अवसरको अभावमा रहेका बालबालिकालाई गुणस्तरीय, सहज र बालमैत्री शिक्षा प्रदान गर्ने उद्देश्यले सहयोग गरिएको विद्यालयले जनाएको छ।

    विद्यालयका प्रधानाध्यापक देवबहादुर विश्वकर्माका अनुसार विद्यालयमा लामो समयदेखि शैक्षिक सामग्री, खेलकुदका सामग्री तथा बालमैत्री पूर्वाधारको अभाव थियो। कतिपय विद्यार्थी आर्थिक अवस्थाका कारण कापी, कलमलगायतका आधारभूत शैक्षिक सामग्रीसमेत ल्याउन नसक्ने अवस्था थियो। यसले विद्यार्थीको नियमित पठनपाठन र विद्यालयप्रतिको आकर्षणमा समेत प्रभाव पार्ने गरेको थियो।

    तर हाम्रो बिधालय पठनपाठन लाइ प्रभावकारी बनाउन को लागि सबैभन्दा पहिला स्मार्ट बोर्ड राख्ने बिधालय रहेको दाबि समेत गरेका छन् । जसको प्रायोजक स्थानीय अभिभावक भिम बहादुर सुनार रहेको जानकारी दिएका छन।IMG-20261102-WA0047.jpg

    विद्यालयलाई प्राप्त सहयोगले विद्यार्थीलाई अध्ययन तथा अतिरिक्त क्रियाकलापमा सहभागी हुन थप सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी बाल उद्यानका सामग्रीले साना बालबालिकालाई खेल्दै सिक्ने वातावरण निर्माण गर्न सहयोग पुग्नेछ भने कम्प्युटर र शैक्षिक सामग्रीले पठनपाठनलाई थप प्रभावकारी बनाउन मद्दत गर्ने विद्यालयको विश्वास छ।

    प्रधानाध्यापक विश्वकर्माका अनुसार सहयोगले विद्यालयको भौतिक तथा शैक्षिक वातावरण सुन्दर र आकर्षक बनाउनुका साथै विद्यार्थीको पढाइप्रतिको रुचि बढाउने अपेक्षा गरिएको छ। यसबाट विद्यालयमा विद्यार्थीको उपस्थिति र निरन्तरतामा वृद्धि हुने तथा अभिभावकको विद्यालयप्रतिको विश्वाससमेत बलियो बन्ने विश्वास लिइएको छ।

    विद्यालयको विकासका लागि स्थानीय समुदाय, अभिभावक, समाजसेवी तथा विभिन्न सहयोगी निकायले पुर्‍याउँदै आएको योगदान महत्वपूर्ण रहेको प्रधानाध्यापक विश्वकर्माले बताए। उनले विद्यालयलाई केवल पठनपाठन गराउने स्थानका रूपमा मात्र नभई बालबालिकाको भविष्य निर्माण गर्ने आधारका रूपमा लिएको उल्लेख गर्दै प्राप्त सहयोगप्रति आभार व्यक्त गरे।

    विद्यालय स्थापनादेखि नै विभिन्न चुनौतीका बीच शैक्षिक गतिविधि सञ्चालन गर्दै आएको दिव्यज्योति प्राविका लागि पछिल्लो सहयोग महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन यस्ता सहयोगले सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ।

    विश्वकर्मा केही भावुक हुँदै भन्छन् मेरो बिगतमा यस बिधालयमा भन्दा आर्थिक भौतिक लाभ मिल्ने अवसर पटक पटक आएका तर म कहिल्यै त्यतातिर लागिन लागें त केवल यहि बिधालय र बिधार्थीको हितका लागि किन कि म सोच्छु "बिधालय मेरो मुटु हो भने बिधार्थीहरु मेरो स्वास हुन्"

    जब म २० बर्षको उमेरदेखि सक्रिय रहेर हालसम्म करिब ३० बर्ष अध्यापन गराइ रहंदा बिधालय नै मेरो जीवन हो भन्ने महसुस हुन्छ।

    विद्यालय परिवारले सहयोगी संस्था फ्रान्सको मोटो क्लब, समुदाय मैत्री समाज नेपाल,संयोजक विवेक काफ्ले तथा सहयोगमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति धन्यवाद व्यक्त गरेको छ। आगामी दिनमा पनि विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक पूर्वाधार विकास र विद्यार्थीको सिकाइ उपलब्धि सुधारका लागि सहयोग र सहकार्य आवश्यक रहेको विद्यालयले जनाएको छ।

    समाचार: नयाँशिक्षा डटकम

    NayaShiksha.Com

    images
    मंगलवार, कार्तिक १८ २०८३०८:१६:०६

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल