Nov 12 2026 | २०८३, कार्तिक २७गते

घट्याे हवाई भाडा, हेर्नुस् नयाँ भाडादर !

घट्याे हवाई भाडा, हेर्नुस् नयाँ भाडादर !

  • 1.6K
    SHARES

  • घट्याे हवाई भाडा, हेर्नुस् नयाँ भाडादर !

    आन्तरिक उडानतर्फको हवाई भाडा घटेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रूपैयाँ घटाएपछि नागरिक उड्डयन प्राधिकरणले वायु सेवा कम्पनीहरूलाई हवाई भाडा दर घटाउन निर्देशन दिएको छ।

    नयाँ भाडादर आगामी बुधबार (चैत २२) गतेदेखि लागू हुने भएको छ। जसअनुसार सबभन्दा धेरै काठमाडौं-धनगढीको भाडा दर ४४० रूपैयाँ घटेको छ। त्यस्तै सबभन्दा कम काठमाडौं-सिमराको ९० रूपैयाँ भाडा घटेको छ। नयाँ भाडादरअनुसार काठमाडौं माउन्टेन फ्लाइटको भाडा ३४५ रूपैयाँ घटेको छ।

    त्यस्तै, काठमाडौं–भद्रपुर भाडा ३ सय रूपैयाँ, काठमाडौं–विराटनगर २४०, काठमाडौं–जनकपुर १३० रूपैयाँ, काठमाडौं–भरतपुर १०५ रूपैयाँ, काठमाडौं–पोखरा १५५ रूपैयाँ घटेको छ।

    यस्तै, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्जको भाडादर ३२५ रूपैयाँ, काठमाडौं–धनगढीको ४४० रूपैयाँ, काठमाडौं–तुम्लिङटारको १८५ रूपैयाँ, काठमाडौं–सिमराको ९० रूपैयाँ, काठमाडौं–सुर्खेत ३४५ रूपैयाँ, काठमाडौं–राजविराज २०५ रूपैयाँ घटाइएको छ।

    यस्तो छ नयाँ भाडादर

    IMG_20230404_224046.jpg

    images
    मंगलवार, चैत्र २१ २०७९१०:४५:१४

    नयाँ शिक्षा

    सम्बन्धित समाचार

    सम्पर्क

    अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
    सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
    प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
    इमेल - infonayashiksha@gmail.com
    तार्केश्वर १० काठमाडौ

    हाम्रो टिम

    प्रकाशक : अर्को मिडिया प्रा.लि.

    सम्पादक : एम काफ्ले

    प्रमुख संवाददाता : लक्ष्मण भुसाल