आइतवार, कार्तिक १६ २०८३
चितवन । भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश गरेको छ । नेपालमै पहिलोपटक विद्यालय तहको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समेटिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई लक्षित गरी तयार पारेको स्थानीय पाठ्यक्रममा रक्तदानसम्बन्धी विषय समावेश गरेको हो ।
महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार चितवनमा वर्षभरि नै रगतको माग उच्च रहने र अभावसमेत हुने गरेकाले विद्यार्थीलाई सानैदेखि रक्तदानको महत्वबारे जानकारी दिने उद्देश्यले पाठ्यक्रममा यो विषय राखिएको हो ।
उनका अनुसार पाठ्यक्रमको ‘विपद्’ शीर्षकअन्तर्गत रक्तदानसम्बन्धी विषय समेटिएको छ । यसबाट बालबालिकामा मानवता, सेवाभाव र रक्तदानप्रतिको सकारात्मक सोच विकास हुने अपेक्षा गरिएको छ ।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले रक्तदानको आवश्यकता, महत्व र मानवीय पक्षलाई ध्यानमा राखेर स्थानीय पाठ्यक्रममा यसलाई समावेश गरिएको बताए । चिकित्सक तथा शिक्षाविद्सँगको परामर्शपछि पाठ्यक्रममा रक्तदान शिक्षाले स्थान पाएको उनले जानकारी दिए ।
अर्को मिडिया प्रा.लि. बाट प्रकाशित
सुचना बिभाग दर्ता न. - १२५५/०७५-०७६
प्रेस कान्सिल दर्ता न. -६२८/०७५-७६
इमेल - infonayashiksha@gmail.com
तार्केश्वर १० काठमाडौ
प्रकाशक : अर्को मिडिया प्रा.लि.
सम्पादक : एम काफ्ले
प्रमुख संवाददाता : लक्ष्मण भुसाल